जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा हिमनदी तिब्र गतिमा पग्लिँदैः अध्ययन

२२ माघ २०७८ काठमाडौं । जलवायु परिवर्तनका कारण सगरमाथाको माथिल्लो क्षेत्रमा जमेको अवस्थामा रहेको हिमनदी तीब्र गतिमा पग्लिँदै गएको एक अध्ययनले देखाएको छ ।
सगरमाथाको ८ हजार २० मिटर उचाइ र आसपास क्षेत्रमा रहेको साउथकोल हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिउँ पछिल्लो करिब २५ वर्षमा पग्लिएको बेलायतको युनिभर्सिटी अफ मेनको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
साउथकोल हिमनदीमा हिउँँ जम्मा हुन लागेको समयभन्दा पग्लिने समय करिब ८० गुणा तीव्र देखिएको छ । सन् १९९० को दशकयता हिउँ पग्लिने क्रम तीव्र भएको देखिएको हो।
जलवायु परिवर्तनको असर माथिल्लो हिमाली क्षेत्रमा अनुमान गरिएभन्दा गम्भीर देखाएको हो । सगरमाथाको माथिल्लो क्षेत्रमा जलवायु परिवर्तनको प्रभावका कारण तीव्र गतिमा हिउँ पग्लिँदा त्यसको गम्भीर प्रभाव तल्लो तटीय क्षेत्रमा पर्ने देखिएको हो।
अध्ययनबाट साउथकोल हिमनदीको बरफ घट्नुमा मानवीय कारण भएको स्पष्ट देखिएको प्रतिवेदनमा जनाइएको छ। जलवायु परिवर्तनको असर सगरमाथामा देखिनुले हिउँले ढाकिएको क्षेत्रको सन्तुलनमा समेत असर परेको उल्लेख छ।
२०१९ मा वैज्ञानिक र आरोहीसहितको टोलीले सगरमाथाको माथिल्लो क्षेत्रमा रहेको साउथकोल हिमनदीको स्थलगत अध्ययन गरेका थिए।
प्रतिक्रिया