Main News

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर वर्षा

हिमालय टिभी
२०७८ माघ २१ गते ८:१९
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर वर्षा

२१ माघ २०७८ काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएरातिदेखि देशभर वर्षा भएको छ ।

सूदुरपश्चिममा बिहीबार बिहानैदेखि वर्षा भएपनि प्रणालीको असरले रातिदेखि देशभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिनभर र भोलि पनि देशका अधिकांश स्थानमा वर्षा हुनेछ । रूपन्देहीमा सबैभन्दा धेरै ३६ मिलिमिटर वर्षा मापन गरिएको छ भने झापा लगायतका क्षेत्रमा सामान्य वर्षा भइरहेको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ । वर्षा र हिमपातसँगै देशभर तापक्रम घटेको छ । तापक्रम घट्दा चिसो बढेको अनुभूति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *