Main News

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

हिमालय टिभी
२०७८ माघ १८ गते १९:०२
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

१८ माघ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोपमा खतिवडाविरुद्ध उजुरी दिएको छ ।

मन्त्री खतिवडाले जिम्मेवारी सम्हालेपछि २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेको युवा संघले जनाएको छ ।

मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *