Main News
ललितपुरमा नगर प्रहरी सूचना केन्द्र स्थापना हुने (भिडियो रिपोर्टसहित)
२०७८ माघ १८ गते १८:००

१८ माघ २०७८ ललितपुर । ललितपुर महानगरपालिकामा नगर प्रहरी सूचना केन्द्र स्थापना हुने भएको छ ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नुभयो । मेयर महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनु भयो । महानगरभित्रका सात स्थानमा सूचना केन्द्र स्थापना गरिने उहाँको भनाइ छ ।
मेयर महर्जनले ६ वटा मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारी भइरहेको बताउनुभयो । अब जडान हुने लाइट नयाँ प्रविधि अनुसार भएको बताउँदै ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने वहाँको भनाइ छ ।
जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसेपाटी, सानेपा, रिङ्गरोडभित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राखिने छ ।
\
प्रतिक्रिया