Main News

एमसीसीबारे ओली सरकारले गरेका सम्झौताको खनालले गरे नयाँ खुलासा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १७ गते १६:४४
एमसीसीबारे ओली सरकारले गरेका सम्झौताको खनालले गरे नयाँ खुलासा (भिडियो रिपोर्टसहित)

१७ माघ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौताका विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुपचुप राखेका एमसीसीसम्बन्धी दस्तावेज भेटिएको जानकारी दिनुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा खनालले कार्यदलले अध्ययनमार्फत फेला पारेको नौ वटा नयाँ दस्तावेज अध्ययनपछि मात्रै थप विषय खुल्ने बताउनुभयो । झण्डै ९ सय पृष्ठ लामो ती दस्तावेजका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको जानकारी दिनुभयो ।

प्राप्त दस्तावेजमा इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, डीपीआर अफ रुट प्रोजेक्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट लगायत छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने विषयमा निरन्तर आफ्नो मत राख्दै आए पनि यी सबै कागजपत्रको अध्ययनपछि मात्र निष्कर्ष निकाल्न सकिने खनालको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *