Main News
काठमाडौंको बौद्धबाट अनलाइन जुवा खेलाइरहेका ७४ जना पक्राउ
२०७८ माघ १७ गते १४:०३

१७ माघ २०७८ काठमाडौं । प्रहरीले अनलाइन जुवा खेलाइरहेको अवस्थामा बौद्धबाट ७४ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिलासहित ७४ जनालाई पक्राउ गरेको हो ।
गएराति काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङ नजिकै दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मारेको थियो।
त्यसक्रममा ६ लाख १९ हजार रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खेलमा प्रयोग गरिएको मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी बृत्त बौद्धले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया