Main News

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीका विषयमा छलफल

हिमालय टिभी
२०७८ माघ १७ गते १३:४०
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीका विषयमा छलफल

१७ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय तहको निर्वाचन र एमसीसी पारित गर्नेबारे छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचनको मिति घोषणा र एमसीसी परियोजना पारित गर्नेलगायतका विषयमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले चुनावको मिति घोषणा गर्ने र एसमसीसी पारित गर्नेप्रक्रिया शुरु गर्न लागिएकाले पार्टीमा सहमति गर्न आग्रह गर्नुभएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।

प्रधामनमन्त्री देउवाले एसीसी संसद‍्बाट पारित गराउन आफूले थालेको पहल कदमीमा साथ दिन प्रचण्डलाई आग्रह गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा देखिनुभएको छ । तर प्रधानमन्त्री देउवाले अब समय घर्किसकेकाले अनावश्यक तर्क गर्न नहुने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *