Main News

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १६ गते १४:४७
सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

१६ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदहरुको बलिदानबाट नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको बताउनुभएको छ ।

सहिद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण पछि प्रधानमन्त्री देउवाले निःस्वार्थ देश हित र समुन्नतिका लागि जीवन समर्पण गर्ने सहिदहरुले देखेको सपना साकार बनाउन प्रतिबद्ध भई लाग्नुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले सहिदको योगदानलाई चीरस्थायी बनाउन सरकारले सहिदका परिवारलाई सहयोग गर्ने पनि बताउनुभयो ।

जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा मनाउने गरिन्छ । २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *