Main News
आजका लागि बोलाइएको संसद बैठक १० दिनका लागि स्थगित
२०७८ माघ १६ गते ९:०४

१६ माघ २०७८ काठमाडौं । आज दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।
कोरोना महामारीको जोखिमका कारण प्रतिनिधिसभाको बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका महासचिव डा.भरतराज गौतमले कोरोना महामारीको जोखिम यथावत रहेकाले आजका लागि बोलाइएको बैठक १० दिन पर सारिएको बताउनुभयो ।
आजै बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।
प्रतिक्रिया