Main News

बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन विद्यालय खुल्दै

हिमालय टिभी
२०७८ माघ १६ गते ९:००
बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन विद्यालय खुल्दै

१६ माघ २०७८ काठमाडौं । सरकारले बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आजदेखि आगामी बिहीबारसम्मका लागि विद्यालय खुलाउने भएको छ ।

सरकारले विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीबारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालयमै खोप अभियान शुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत पुस २५ गते सीसीएमसीले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

त्यसकै आधारमा देशभर बन्द भएका विद्यालय खुलाउनुपर्ने माग पनि उठिरहेको छ । तर, शिक्षा मन्त्रालयले भने सीसीएमसीको सिफारिस आएपछि मात्रै थप निर्णय गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *