Main News

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

हिमालय टिभी
२०७८ माघ १४ गते ९:१२
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

१४ माघ २०७८ काठमाडौं । कोरोना रोकथामका लागि जारी आदेशको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गर्न काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने तयारी भएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न यसअघि जारी गरेको आदेशको समीक्षा गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने तयारी भएको हो ।

समय भने निश्चित हुन बाँकी रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । कोरोना सङ्क्रण रोकथामका लागि अनौपचारिक छलफल भने चलिरहेको उहाँको भनाइ छ ।

उपत्यकामा लागु गरिएको सवारीसाधनको जोरबिजोर प्रणालीको विरोध हुन थालेपछि त्यस बारेमा कुराकानी भइरहेको शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *