Main News

बबरमहलमा पाइन्छ निःशुल्क सिटामोल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते १८:४२
बबरमहलमा पाइन्छ निःशुल्क सिटामोल (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ काठमाडौं । काठमाडौंमा निशुल्क औषधि वितरण अभियान संचालन गरिएको छ ।

बबरमहलस्थित औषधि व्यवस्था विभागमा आज आयान हेल्थ केयर तथा अनमोल हेल्थ केयर कम्पनीको आयोजनामा निःशुल्क औषधि सामग्री वितरण गरिएको हो ।

कोभिड सङ्क्रमणदर उच्च भएकै बेला ज्वरो तथा दुखाइ नियन्त्रणका लागि अत्यावश्यक मानिने औषधि सिटामोल बजारमा अभाव हुन नदिन अभियान चलाइएको आयोजकले जानकारी दिएका छन् ।

अभियान एक सातासम्म चल्ने छ । नागरिकले स्वास्थ्य जाँचसहित सिटामोल, मास्क स्यानिटाइजर पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *