Main News

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, ८४५४ संक्रमित थपिँदा ४४३३ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ माघ १२ गते १६:४२
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, ८४५४ संक्रमित थपिँदा ४४३३ संक्रमणमुक्त

१२ माघ २०७८ काठमाडौं । नेपालमा ८ हजार ४ सय ५४ कोरोना संक्रमित थपिएका छन् भने थप पांच जनाको मृत्यु भएको छ ।

१३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षणमा ८ हजार ५४ र छ हजार ८ सय १० जनाको एन्टीजेन परीक्षणमा दुई हजार ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कूल परीक्षणको ४१ दशमलब पांच दुई प्रतिशत हो । थप पांच जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ ।

पछिल्लो पटक ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या बढेर ९० हजार ६७ पुगेको छ ।

पछिल्लो पटक २ लाख ५६ हजार ४ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *