Main News

प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर र दलालमाथि कारबाही गर्ने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते १६:०७
प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर र दलालमाथि कारबाही गर्ने चेतावनी (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्री श्रेष्ठले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पुर्याइ नेपाली युवालाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *