परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न मन्त्री पौडेलको निर्देशन (भिडियो रिपोर्टसहित)
११ माघ २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको छ ।
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमनपछि मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतको विद्यार्थीहरुको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाई हुन गएको मन्त्री पौडेललाई जानकारी दिनुभयो ।
प्रतिक्रिया