Main News
थप २३ लाख ४० हजार कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपाल ल्याइँदै
२०७८ माघ ११ गते ८:५२
११ माघ २०७८ काठमाडौं । कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आउँदैछ ।
खोप आज बिहान ९ बजेर १० मिनेटमा कतार एयरबाट नेपाल आइपुग्ने छ । यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो ।
यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताउनुभयो ।
यसअघि आएको मोडर्ना खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो। अहिले आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय भइसकेको छैन ।
प्रतिक्रिया