Main News

कोरोना नियन्त्रण, खोप अभियान र उपचारमा प्रदेश प्रमुख शेरचनको चासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १० गते १४:३१
कोरोना नियन्त्रण, खोप अभियान र उपचारमा प्रदेश प्रमुख शेरचनको चासो (भिडियो रिपोर्टसहित)

१० माघ २०७८ बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारमा चासो देखाउनु भएको छ ।

लुम्बिनी प्रदेशका प्रमुख शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर जानकारी लिनुभएको छ ।

प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणका लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि अनुकरण गर्ने कार्य गर्न सुझाव दिनुभयो ।

मुख्यमन्त्री कूलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिएको बताउनुभयो ।

मुख्यमन्त्री केसीले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिवस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टर निर्माणको काम भइरहेको र बनिसकेका सेन्टर सञ्चालन गरिने जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *