Main News

देशका अधिकांश भू–भागमा मौसम बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

हिमालय टिभी
२०७८ माघ ९ गते ९:०२
देशका अधिकांश भू–भागमा मौसम बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

९ माघ २०७८ काठमाडौं । आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकीप्रदेशका भू–भागमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ÷गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ÷गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। महाशाखाले आज देशभर वर्षा र हिमपात हुने भएकाले चिसो बढ्ने हुँदा सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *