Main News

आज देशभरका अदालत बन्द रहने

हिमालय टिभी
२०७८ माघ ९ गते ८:५६
आज देशभरका अदालत बन्द रहने

९ माघ २०७८ काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएपछि आज देशभरका अदालत बन्द हुने भएका छन् ।

शर्माको निधनमा शोक मनाउन आज सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।

काठमाडौं कमलपोखरीमा वि.सं. १९९१ साल पुस १ गते जन्मिनुभएका पूर्व प्रधानन्यायाधीश शर्माले २०१६ सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो ।

उहाँ २०५४ चैत ३० मा प्रधानन्यायाधीश पदमा नियुक्त भई मिति २०५६ मङ्सीर ३० सम्म कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *