Main News

जोरविजोर प्रणाली : रोक्ला त कोरोना संक्रमणदर ? (भिडियो रिपोर्टसहितं

हिमालय टिभी
२०७८ माघ ७ गते २०:३४
जोरविजोर प्रणाली : रोक्ला त कोरोना संक्रमणदर ? (भिडियो रिपोर्टसहितं

७ माघ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुँदैछ । जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चल्न पाउनेछन् । जोरबिजोर प्रणालीले संक्रमण वृद्धिदर रोक्ला त ?

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले बुधबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरेका छन् । प्रशासनले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नुपरेको जिकिर गरेको छ । यसले कोरोना संक्रमणा घट्ने पनि दाबी गरेको छ ।

प्रशासन कार्यालयले जोरबिजोर प्रणालीले संक्रमण घट्छ भनेर दाबी गरे पनि नागरिकलाई यो निर्णय फिटिक्कै मन परेको छैन । यसले कोरोना संक्रमण घटाउनेमा नागरिकलाई अलिकत्ति पनि विश्वास छैन । दैनिक सार्वजनिक यातायातमा आवतजावत गर्नेहरु यो निर्णयको मारमा पर्ने छन् । ।

जनस्वास्थ्य विज्ञलाई पनि प्रशासनले गरेको यो निर्णय वैज्ञानिक लागेको छैन । जोरबिजोर प्रणालीले कोरोना संक्रमण वृद्धि गर्ने उनीहरुको तर्क छ ।

सवारी साधनमा जोरबिजोर लागू गरेर संक्रमण घटाउनेभन्दा पनि अन्य विकल्पहरु खोज्न सरकारलाई विज्ञको सुझाव छ । सबै कार्यालय तथा संघसंस्थाको काम जारी नै राखेर संक्रमण दर घटाउने उपाय के हुन त ?

सरकारले अहिले मात्रै होइन, गत वर्ष पनि कोरोना संक्रमणको दर घटाउने भन्दै जोरबिजोर प्रणाली लागू गरेको थियो । तर यसले संक्रमण घट्नेभन्दा पनि वृद्धि भयो । यो तथ्यलाई बिर्सिएर, संक्रमणदर रोक्ने धुनमा सरकारले नागरिकलाई सास्ती मात्रै दिने काम भयो भनेर समयमै आफ्नो निर्णयमा पुनर्विचार गर्नु उपयुक्त हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *