मन्त्री रेणु यादवको बचाउमा उत्रिए जसपा युवा संघका अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)
७ माघ २०७८ जनकपुर । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिको बचाउ गरेको छ ।
जनकपुरमा आज पत्रकार सम्मेलन गरी जसपाको युवा संगठन समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादवले मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतप्रति लक्षित गर्दै दिइएको हिंसात्मक अभिव्यक्तिको बचाउ गर्नुभएको हो ।
जनमतका कार्यकर्ताले विभिन्न ठाउँमा अवरोध गरेको, कुशब्द प्रयोग गरी नारावाजी गरेको तथा आफूहरुको जुलुसमा प्रयोग भएको बाइक र गाडीमा तोडफोड गरेपछि प्रतिरक्षामा मन्त्री आक्रोशित भएर बोले पनि कसैलाई ज्यान मार्ने धम्की भने नदिएको यादवको जिकिर छ ।
मधेस प्रदेशका राज्यमन्त्रीसमेत रहेका यादवले केपी शर्मा ओलीको लगानीमा परिचालित जनमत पार्टीले जसपासँग मुठभेड गरी हिंसा मच्चाएर राजनीतिक लाभ लिन खोजेको दाबी गर्नुभयो ।
मन्त्री रेणु यादवले बुधबार रौतहटको गौरमा भएको कार्यक्रममा सिके रावतलाई लक्षित गर्दै राइस मिल घटना दोहोर्याउने चेतावनी दिनुभएको थियो ।
प्रतिक्रिया