Main News

सार्वजनिक स्थानमा हिँडडुल गर्दा आजदेखि खोप कार्ड अनिवार्य

हिमालय टिभी
२०७८ माघ ७ गते ९:३९
सार्वजनिक स्थानमा हिँडडुल गर्दा आजदेखि खोप कार्ड अनिवार्य

७ माघ २०७८ काठमाडौं । सार्वजनिक स्थानमा हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले आजदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।

जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोपकार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *