Main News

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित, सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने

हिमालय टिभी
२०७८ माघ ७ गते ९:१९
चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित, सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने

७ माघ २०७८ काठमाडौं । चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित भएको छ । मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम घट्दा चिसो बढेको हो ।

देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अस्ति अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको हिजोको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

हिजो जोमसोमको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस, जुम्लाको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस, जीरीको ९ दशमलव ९ डिग्री सेल्सियस लुम्लेको १० डिग्री सेल्सियस, ओखलढुङ्गाको १३ डिग्री सेल्सियस तथा काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ । यस्तै देशका थोरै ठाउँमा भने वर्षा र हिमपात पनि हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसले चिसो अझै बढ्ने भएकाले ख्याल गर्न उहाँले अनुरोध गर्नुभयो । तर ठूलो वर्षा वा झरीको सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *