Main News

राष्ट्रियसभा र स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक संयन्त्रको बैठक बस्दै

हिमालय टिभी
२०७८ माघ ६ गते ९:२२
राष्ट्रियसभा र स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक संयन्त्रको बैठक बस्दै

६ माघ २०७८ काठमाडौं । राष्ट्रिय सभा र स्थानीय तहको चुनावबारे छलफल गर्न पाँच दलीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कोरोनाको सङ्क्रमण बढिरहेकाले बैठकमा स्वास्थ्य मापदण्ड पालना हुने सचिवालयको भनाइ छ ।

हिजो र अस्ति बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका थिए ।

आजको बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन सक्ने नेताहरुले बताएका छन् ।

निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएको छ । सत्ता गठबन्धन दलहरूबीच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *