Main News

बुटवलको देवीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु, ३ जना घाइते

हिमालय टिभी
२०७८ माघ ६ गते ७:४२
बुटवलको देवीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु, ३ जना घाइते

६ माघ २०७८ बुटवल । बुटवलको देवीनगरस्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका हुन् । उनीहरु पुरिएर घाइते भएको र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएपछि २ जना मृत्यु भएको घोषाणा गरिएको हो ।

पुरिएर मृत्यु हुनेमा स्थानीय गणोश थापा र शिव थापा रहेका छन् । घटनामा परेर घाइते हुनेमा केशव पुरी, अशोक गाहा र अन्य १ जना रहेको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटनालगत्तै स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ । अत्याधिक जाढो भएपछि प्रगतिनगरका स्थानीय तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *