Main News

आज राति पश्चिमी भूभागको थोरै ठाउँमा पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७८ माघ ५ गते ९:०६
आज राति पश्चिमी भूभागको थोरै ठाउँमा पानी पर्ने सम्भावना

५ माघ २०७८ काठमाडौं । आज राति पश्चिमी भूभागको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज राति पश्चिम नेपालबाट पश्चिमी वायु प्रवेश गर्न लागेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।

उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । आज दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहने उहाँले जानकारी दिनुभयो ।

यस्तै भोलि दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका थोरै ठाउँ पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् बासीले बताउनुभयो ।

वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्ने भन्दै उहाँले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *