Main News

कोरोनासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण (भिडियो वार्तासहित)

हिमालय टिभी
२०७८ माघ ४ गते २०:३१
कोरोनासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण (भिडियो वार्तासहित)

४ माघ २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कोरोनासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । आज बसेको बैठकले कोरोना निणन्त्रणका लागि खोप उपलब्धताको विषयलाई विशेष जोड दिएको छ ।

सरकारी तथ्याङ्क अनुसार ४० प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा पाएका छन् । ६० प्रतिशतले अझै खोपको पूर्ण मात्रा नपाएको भन्दै शिक्षा तथा स्वास्थ्य समितिले सबै नागरिकमा समयमै खोप उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

अहिले कोरोना परीक्षणमा पनि चर्को शुल्क असुलिएको भनेर विरोध भइरहेको छ । यो विषयले पनि मंगलबार संसदीय समितिको बैठक ठाउँ पायो । पीसीआर परीक्षण शुल्कको विषयमा पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

खोप केन्द्रमा जान सक्ने व्यक्तिले मात्रै खोप पाएका छन् । शारीरिक रुपमा अशक्त र अस्पताल पुग्न नसक्ने व्यक्तिले खोप पाएका छैनन । उनीहरुका लागि पनि विशेष व्यवस्था गर्न समितले सरकारलाई भनेको छ ।

समितिले होल्डिङ सेन्टरहरु छिटो संचालनमा ल्याउन, सीमा क्षेत्रमा संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *