Main News

आज पनि देशका केही स्थानमा मौसम बदलीको सम्भावना

हिमालय टिभी
२०७८ माघ ४ गते ९:४२
आज पनि देशका केही स्थानमा मौसम बदलीको सम्भावना

४ माघ २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने बताएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र आज पनि देशको अधिकांश भू–भागमा मौसम बदली रहनेछ । आज बिहान प्रदेश नं. १ र मधेश प्रदेश लगायत पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था रहेको तथा तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने बताएको छ। देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आज देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनाका साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *