Main News

समस्या धेरै भए, सोचेजति काम गर्नै सकिनँ: मन्त्री रामकुमारी झाँक्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते १८:२८
समस्या धेरै भए, सोचेजति काम गर्नै सकिनँ: मन्त्री रामकुमारी झाँक्री (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या भएको बताउनुभएको छ ।

एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न नसकेको बताउनुभयो । तर आफ्नै मन्त्रालयका कर्मचारीले राखेका आकांक्षा र समस्यालाई सम्बोधन गर्न भने सफल रहेको दाबी गर्नुभयो ।

उहाँले विभिन्न आयोजनामार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको उल्लेख गर्नुभयो । यस्तै ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको र विभिन्न समयमा राजनीतिक तथा सामाजिक विवादका कारण रोकिएको जग्गा हस्तान्तरणलाई पनि तीव्र पारिएको बताउनुभयो ।

३७ बुँदे उपलब्धि सार्वजनिक गर्दै झाँक्रीले मुलुकभरका १२ हजार ६ सय ६० घर परिवारलाई जग्गा हस्तान्तरणको बाटो खोलिएको बताउनुभयो ।

उहाँले आफूले सय दिनमा भौतिक काम भन्दा पनि पेपर वर्क बढी गरेको भन्दै सबै प्रदेश र स्थानीय तहसँग आगामी दिनमा समन्वय गरेर काम गर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *