Main News

कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु, कहाँ कहाँ उपलव्ध छ खोप ?

हिमालय टिभी
२०७८ माघ ३ गते १४:२१
कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु, कहाँ कहाँ उपलव्ध छ खोप ?

३ माघ २०७८ काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन शुुरु गरिएको छ ।

आजदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर डोज खोप दिन थालिएको हो ।

काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सञ्चालित खोप केन्द्रहरुमध्ये नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि खोप लगाउनेहरुको भीडभाड छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले आजदेखि शुरु भएको बुस्टर डोज खोप अग्रपंक्तिमा रहेर मुलुकको सेवा गर्नेहरुका लागि लगाइएको बताउनुभयो । खोप अभियान जारी रहने उहाँको भनाइ छ ।

बुस्टर डोज खोप लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ । यो खोप सशष्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाइन्छ ।

त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामति अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि सो खोपको मात्रा लगाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *