Main News

आजका लागि बोलाइएको दुवै सदनको बैठक स्थगित

हिमालय टिभी
२०७८ माघ ३ गते ७:४४
आजका लागि बोलाइएको दुवै सदनको बैठक स्थगित

३ माघ २०७८ काठमाडौं । आजका लागि बोलाइएको संघीय संसदका दुबै सदनको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले हिजो सुचना जारी गर्दै कोभिड संक्रमणका कारण आजका लागि बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको जानकारी दिनुभयो ।

यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको सूचना संसद सचिवालयले जारी गरेको थियो ।

यसअघि गत पुस २७ गतेका लागि डाकिएको बैठक पनि स्थगित गरेर आजका लागि सारिएको थियो। यस्तै पुस २५ गते आइतबार बस्ने बैठक पनि विशेष कारण देखाउँदै रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *