Main News

प्रधानन्यायाधीशविरुद्ध छानबिन माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

हिमालय टिभी
२०७८ माघ २ गते १७:३१
प्रधानन्यायाधीशविरुद्ध छानबिन माग गर्दै परेको रिट सर्वोच्चद्वारा दरपीठ

२ माघ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

अधिवक्ता माधवकुमार बस्नेतले राणाविरुद्ध दायर गरेको रिट आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले दरपीठ गर्नुभएको हो ।

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश राणाविरुद्ध अत्यन्त गम्भीर प्रकृतिका आरोप लागेकाले ति आरोपहरुमा छानबिन गरी आवश्यक कारवाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भन्दै सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गर्नुभएको थियो ।

महाभियोग संसदको क्षेत्राधिकार भएकाले न्यायालयले बोल्न नमिल्ने सर्वोच्च अदालतको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *