Main News
पोखरा उडेको गुण एयरको विमानमा प्राविधिक समस्या देखिएपछि फिर्ता पठाइयो
२०७८ माघ २ गते १५:०६
२ माघ २०७८ काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको विमानमा समस्या भएपछि पुनः काठमाडौं फर्काइएको छ ।
यात्रुहरुलाई गुणकै अर्को विमानमा पोखरा पठाइँदैछ । अमेरिकन विचक्राफ्टको जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।
काठमाडौंबाट उडेको पाँच मिनेटमा नै विमानको यात्रु चढ्ने ढोका पूर्णरुपमा बन्द नभएपछि काठमाडौं विमानस्थलमै फर्काइएको त्रिभूवन विमानस्थलले जानकारी दिएको छ ।
प्राविधिक टोलीले विमानको समस्या जाँच गर्दैछन् । विमान आज विहान पोखराका लागि उडेका थियो ।
प्रतिक्रिया