नागरिकलाई कोरोनाको तेस्रो लहरबाट बचाउन सरकार प्रयासरतः गृहमन्त्री खाँण (भिडियो रिपोर्टसहित)

२ माघ २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ ।
२४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर काठमाडौंमा आज आयोजित कार्यक्रममा गृहमन्त्री खाणले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताउनु भयो ।
उहाँले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्शानीलाई कम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताउनु भयो ।
उहाँले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि संघीय सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गर्नुभयो ।
मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया