आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने
![आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने](https://www.himalayatv.com/wp-content/uploads/2021/10/ktm-mausam.jpg)
१ माघ २०७८ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा मौसम बदली रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा सामन्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।
देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया