Main News

सरकारद्वारा कोरोना रोकथामका लागि एक महिने आदेश जारी

हिमालय टिभी
२०७८ माघ १ गते ८:४४
सरकारद्वारा कोरोना रोकथामका लागि एक महिने आदेश जारी

१ माघ २०७८ काठमाडौं । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले माघ मसान्तसम्म लागू हुने गरी कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको हो।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरू एक पटकमा २५ जनाभन्दा बढी भीड नहुने गरी सञ्चालन गर्नुपर्नेलगायत विषय समावेश छन् ।

सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न पनि आदेशमा भनिएको छ ।

मन्त्रिपरिषद् बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्नासम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खोप अभियानलाई प्रभावकारीरुपमा र प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *