Main News

तनहुँमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु, ८ जना घाइते

हिमालय टिभी
२०७८ माघ १ गते ६:३६
तनहुँमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु,  ८ जना घाइते

१ माघ २०७८ तनहुँ । तनहुँमा शुक्रबार साँझ ८ बजे भएको दुर्घटनमा परी चार जनाको मृत्यु भएको छ भने ८ जना सख्त घाइते भएका छन् ।

बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप बन्दीपुर गाउँपालिका–६ धरमपानीमा दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भई धरमपानीस्थित हटियाको भीरबाट १२० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको घाइतेको अवस्था पनि गंभिर रहेको घटनास्थल पुग्नु भएका इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीका ९ महिने बालक आरुवी थापा, २४ वषीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने र ४८ वर्षीय सुशीलादेवी न्यौपाने भएको प्रहरीले जनाएको छ ।

जीपमा १२ जना सवार रहेको बताइएको छ । घाइते ८ जनाको उद्धार गरी उपचारको लागि बन्दीपुर अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । रातको समय भएको गाडी भीरमा भएकाले उद्धार गर्न कठिन भएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *