Main News

गठबन्धनमा भागबण्डा मिलाउन सकस, सरकारले किन पाएन पूर्णता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३० गते २१:०१
गठबन्धनमा भागबण्डा मिलाउन सकस, सरकारले किन पाएन पूर्णता ? (भिडियो रिपोर्टसहित)

३० पुस २०७८ सुर्खेत । नेतृत्व परिवर्तन भएको तीन महिना पुग्न लाग्दासमेत कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका जीवनबहादुर शाहीले गठबन्धनमा भागबण्डा मिलाउन नसकेका कारण सरकार विस्तारमा ढिलाइ भएको हो ।

कर्णाली प्रदेशलाई अहिले मुख्यमन्त्रीसहित तीन जना मन्त्रीले हाँकिरहेका छन् । सरकार गठन भएको तीन महिना पुग्नै लाग्दा समेत मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । गठबन्धनभित्रका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच भागबण्डा नमिल्दा आठ सदस्यीय मन्त्रीमण्डल रहेको कर्णालीमा तीन जनामात्र मन्त्री छन् ।

गत कार्तिक १६ मा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले कार्तिक ३० गते नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी र मंसिर १४ गते माओवादी केन्द्रबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री शाहीले आठमध्ये पाँच मन्त्रालय घिसारिरहनु भएको छ । सरकार विस्तारमा गठबन्धनभित्रै भागवण्डा नमिल्ला समस्या आएको सरकारमा सहभागि गठबन्धनका सांसदहरुले बताउने गरेका छन् ।

सांसदहरूले गठबन्धनभित्र किचलो बढ्नु र सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य दोष मुख्यमन्त्री जीवनबहादुर शाहीलाई दिन थालेका छन् ।

हाल सरकारमा सत्तारुढ दल कांग्रेसका ६, माओवादीका १२ र नेकपा समाजवादीका ३ जना सांसद छन । पूर्व सहमतिअनुसार सात मन्त्रालयमध्ये तीन नेकपा समाजवादीलाई, मुख्यमन्त्रीसहित तीन कांग्रेसलाई र माओवादीलाई २ मन्त्रालय दिने तय भएको थियो । तर माओवादीले पछिल्लो समय आफ्ना सांसद संख्या धेरै भएको भन्दै कम्तिमा चारवटा मन्त्रालय मागेपछि मुख्यमन्त्री शाहीमाथि सकस आइपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *