अध्यक्ष पोखरेलले माफी मागे, छानबिन समिति गठन गर्ने प्रतिबद्धता

३० पुस २०७८ कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले माफी माग्दै छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कपिलवस्तुमा शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पोखरेलले मिडिया अवार्डमा आफ्नो संलग्नताबारे माफी माग्दै छानबिन समिति बनाउन प्रतिबद्धता जनाउनुभएको हो ।
अध्यक्ष पोखरेल नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि कपिलवस्तुमा आज शुरु भएको महासंघ बैठक अवरुद्ध भएको थियो । १७ जना केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका थिए । अध्यक्ष पोखरेल माफी माग्न तयार बनेपछि अहिले बैठक शुरु भएको हो ।
महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने माग गरेका थिए ।
प्रतिक्रिया