पश्चिमी वायुको प्रभावले देशभर वर्षा, हिमाली भेगमा हिमपात
२९ पुस २०७८ काठमाडौं । पश्चिमी वायु र भारतको बिहारमा बनेको न्युन चापीय प्रणालीको असरले नेपालका अधिकांश भूभागमा वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अुनसार गएराति ११ बजेदेखि ३ बजेसम्म सूदुरपश्चिम बाहेकका अधिकांश भूभागमा वर्षा भएको छ । सबैभन्दा बढी लुम्बिनीमा ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा सरदर ३ मिलिमिटर वर्षा भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । बागमती प्रदेशको नुवाकोट सबैभन्दा धेरै १८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
पूर्वी भेगमा सरदर ३ मिलिमिटरम्म वर्षा भएको छ । प्रदेश १ का अधिकांश क्षेत्रमा अहिले वर्षा जारी छ । आज दिउँसोदेखि भने मौसममा सुधार हुने बासीले जानकारी दिनुभयो ।
बासीका अनुसार अबका केही दिन वर्षाको सम्भावना छैन तर आकाश खुलेकाले अत्यधिक चिसो बढ्नेछ । बिहान ६ बजेको मापनमा काठमाडौँको तापक्रम ६ डिग्री छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम १९ डिग्रीसम्म पुग्न सक्ने महाशाखाको अनुमान छ ।
प्रतिक्रिया