Main News

सदस्य मनोनयनमा कुनै पक्षपात नगरेको अध्यक्ष लिङ्देनको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते १८:०७
सदस्य मनोनयनमा कुनै पक्षपात नगरेको अध्यक्ष लिङ्देनको दाबी (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मनोनित पार्टी सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लाग्ने गरे पनि सत्य नभएको बताउनुभयो ।

उहाँले पार्टीले राजसंस्था, हिन्दूराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविका, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरुसमेत लिएर अघि बढ्ने बताउनु भयो ।

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दूराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *