Main News

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते १६:१३
प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले आज पनि प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यायालयलाई स्वच्छ बनाइ गति प्रदान गर्न आन्दोलन जारी राखेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

अधिवक्ता रामचन्द्र सिम्खडाले न्यायपालिकाभित्रको विकृति, विसंगति र त्यसभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मूलन गरेरै छोड्ने बताउनुभयो ।

अधिवक्ता सिम्खडाले न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नुपर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *