Main News

छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेकोमा बतास समूहको आपत्ति

हिमालय टिभी
२०७८ पुष २८ गते १३:१५
छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेकोमा बतास समूहको आपत्ति

२८ पुस २०७८ काठमाडौं । बतास अर्गनाइजेशनले नारायणहिटी प्रकरणमा छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ ।

बतास अर्गनाइजेशनले आज एक विज्ञप्ति निकाल्दै छानबिन समितिले सरोकारवालाहरुसँग सोधखोज नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन सार्वजनिक गरेको दाबी गरेको हो ।

कानूनी परिधिभित्रै रहेर नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन प्रक्रिया अगाडि बढाएको भन्दै बतासले विषयलाई अतिरञ्जित गरिएको जनाएको छ । क्याफेटेरिया सञ्चालनका लागि आह्वान भएको टेण्डर प्रतिस्पर्धामा भाग लिएर आवश्यक प्रक्रिया पूरा गरी निर्माणको काम अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

मासिक २ लाख २१ हजार ६ सय १८ रुपैयाँ भाडा तिर्ने गरी विपिएस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच गत वर्ष पुस १७ गते सम्झौता भएको विषयलाई पनि तोडमरोड गरिएको बतासको आरोप छ ।

यो भाडा मासिक भए पनि केही सञ्चारमाध्यमले विर्षिक भनी प्रकाशन गर्नुमा नियत नै खोट देखिएको विज्ञप्तिमा उल्लेख छ । ३ करोडभन्दा बढी लगानीमा निर्माण गरिएका भौतिक संरचना नष्ट गरेर राज्यबाट नै गैरकानुनी र निन्दनीय काम भएको बतासले आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *