Main News

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती तारेखमा रिहा

हिमालय टिभी
२०७८ पुष २८ गते १३:०८
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती तारेखमा रिहा

२८ पुस २०७८ काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दम्पतीलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

रामकुमार सुवेदी र श्रीमती माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले रिहा गरेको हो । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको सीआईबीले जनाएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र माधवी गत पुस ७ गते पक्राउ परेका थिए ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *