Main News
कर्णाली प्रदेशको प्रदेशसभाको नवौं अधिवेशन आज
२०७८ पुष २८ गते ८:५९
२८ पुस २०७८ सुर्खेत । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आज हुँदैछ । प्रदेशसभा सचिवालयले आजलाई अधिवेशन आह्वान गरेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा एमाले उपस्थिति नभएपछि स्थगित भएको थियो ।
प्रतिक्रिया