Main News

उपत्यकामा आजदेखि एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

हिमालय टिभी
२०७८ पुष २८ गते ८:१४
उपत्यकामा आजदेखि एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

२८ पुस २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लागेको छ ।

यस्तै राजनीतिक दलका सभा(सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधिमा पनि प्रतिबन्ध लगाइएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको सूचनाअनुसार माघ ७ गतेदेखि उपत्यकाका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो ।

यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रजिअ उपाध्यायले बताउनुभयो ।

यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *