जिल्ला प्रशासनद्वारा काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक
२७ पुस २०७८ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेको हो।
सभा सम्मेलन गर्नै परे स्थानी प्रशासनको अनुमति लिनुपर्ने छ । बैठकले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठनमा रोक लगाउने निर्णय समेत गरिएको छ ।
पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ परीक्षा संचालन गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउनेबारे तालिका बनाउने आदेश पनि दिइएको छ ।
माघ ७ गतेदेखि कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य व्यवस्था गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया