Main News

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ पुष २७ गते १५:०५
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

२७ पुस २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारोना संक्रमण पुष्टि भएको छ ।

अस्वस्थ भएपछि आफ्नै निवास कोटेश्वरमा आराम गरिरहेका नेपाललाई आज कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै एकीकृत समाजवादीकै उपमहासचिव डाक्टर विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना भएको थियो ।

प्रचण्डलाई बालुवाटारमा भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि हाल आइसोलेसनमा हुनुहुन्छ । तर, प्रधानमन्त्री देउवाको कोरोना नेगेटिभ आएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *