Main News

काेराेना महामारीप्रति नेताहरू नै सचेत छैनन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते २०:०१
काेराेना महामारीप्रति नेताहरू नै सचेत छैनन् (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । कोरोना संक्रमणले विश्वव्यापी रुप लिएसँगै नेपालमा पनि संक्रमतिको संख्या बढ्न थालेको छ । केही समयअघिसम्म दुई तीन सयको हाराहारीमा रहेको संक्रमण दर अहिले एक हजार पार गरिसकेको छ ।

यो अवस्था निम्त्याउनुमा हामी आफैं जिम्मेवार छौं । देश विकास गर्छु भन्ने राजनीतिक दल अझै बढी जिम्मेवार छन् ।

मास्कको प्रयोगले कोरोना भाइरसको सम्भावित संक्रमण ९० प्रतिशतभन्दा कम हुने विभिन्न रिपोर्टले प्रष्ट पारिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जोखिम अझै रहेको बताउँदै आएको छ। दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट भर्खरै देखा परेको थियो ।

त्यही बेला नेपालका राजनीतिक दलहरु महाधिवेशनमा मस्त थिए । नेपालका चारवटा ठूला पार्टीले गरेको भव्य महाधिवेशनमा सहभागीलाई भने कोरोना भाइरस संक्रमणको कुनै डर थिएन । न नेतालाई थियो, न त कार्यकर्तालाई ।

पछिल्लो पटक महाधिवेशन गरेको नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरु अहिले संक्रमित भएर आइसोलेशनमा छन् । जनतालाई जिम्मेवार बन्न प्रेरणा दिनुपर्ने नेताहरु आफैं गैरजिम्मेवार बन्दा यसको परिणाम देश र जनताले भोग्नु परेको छ । माओवादी केन्द्र मात्र होइन, त्यसअघि महाधिवेशन गरेको कांग्रेसको अवस्था पनि उही हो । कांग्रेस महाधिवेशनमा मास्क प्रयोग नगर्ने नै धेरै थिए । नेतादेखि कार्यकर्तासम्मले मास्कको प्रयोगमा अन्देखा गरे ।

कांग्रेसअघि महाधिवेशन गरेको एमालेमा पनि संक्रमण फैलिन नदिन मास्कको प्रयोगमा ध्यान पुर्याएको देखिएन ।

दलका अधिवेशनमा मात्र होइन, संसद बैठकमा समेत दलहरु त्यही रमिता देखाइरहेका छन् । स्वास्थ्य सरोकारवालाले कोरोना महामारी टरिनसकेको भनेर बारम्बार दोहोराइरहेको अवस्थामा सरकारले समेत व्यवस्था गरिरहेको छ । त्यसैले त अहिले मास्कको प्रयोगमा जनता पनि त्यति संयमित देखिँदैनन् । कसैको मास्क चिउँडोमा टाँसिएको छ भने कसैको कानमा झुण्डिएको छ ।

भिडभाड हुने सार्वजनिक यातायातमा समेत जनताले मास्क प्रयोग गर्नुपर्छ भन्ने बिर्सिसके । स्वास्थ्य उपकरण र खोपका लागि परनिर्भर गरिब देशका हामी आफैं सचेत नबने ठूलो संकटको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *