Main News

काेराेना जाेखिमकाे त्रास बढ्दाे, सरकारी प्रयास फितलाे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते १९:५४
काेराेना जाेखिमकाे त्रास बढ्दाे, सरकारी प्रयास फितलाे (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

दोस्रो लहरमा अक्सिजन, अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटरको अभावमा कैयौं नेपालीले ज्यान गुमाउनु परेको थियो । तर अहिले परीक्षणमा वृद्धि, क्वारेटिनको व्यवस्थापन, अक्सिजन, बेड तथा दक्ष जनशक्तिको सुनिश्चितता भएकाले अघिल्लो वर्ष जस्तो जोखिम नहुने सरकारको दाबी छ ।

कोरोना केही होइन भन्ने आत्मविश्वास र स्वास्थ्य प्रणालीलाई दोस्रो लहरले पाठ मात्र सिकाएन, ठूलो जनधनको क्षति गरायो । रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था नभएकै कारण हजारौं नागरिक संक्रमित भए, जसमध्ये कतिपयले उपचार नपाएर ज्यान गुमाए । विज्ञहरुले तेस्रो लहरको चेतावनी दिदै गर्दा अहिले पनि सरकारको तयारी निकै कमजोर देखिन्छ ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप प्रदेश १ मा ११, प्रदेश दुईमा ६, बागमतीमा २१, गण्डकीमा १७, लुम्बिनीमा १८, कर्णालीमा ७ र सुदूरपश्चिममा ५ गरी जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। तर, सबै अस्पतालहरुलार्ई अक्सिजन, आईसीयू, भेन्टिलेटर लगायत अन्य सामाग्रीहरुको यथेष्ट जोहो गरेको सरकारी दाबी छ ।

समुदायमा जोखिम क्षेत्रहरु पत्ता लगाइ परीक्षण गर्न, परीक्षणको दायरा बढाउन र संक्रिमताहरुलाई क्वारेन्टिनमा राख्न सबै स्थानीय तह र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । सीमानाकामा कोभिड १९ को परीक्षणलाई थप सशक्त बनाउने र संक्रमितलाई आइसोलेशनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै संक्रमणको जोखिम घटाउने सबैभन्दा उत्तम उपाय भनेकै खोप लगाउने र जनस्वास्थ्यको मापदण्ड पालना गनुपर्नेमा जोड दिइएकोछ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म १ करोड ११ लाख ३४ हजारले मात्र कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएका छन् ।

यो कुल जनसंख्याको ३६ प्रतिशत मात्र हो । पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई पूर्ण खोप लगाउने सरकारी लक्ष्य रहेको र अन्यलाई पनि खोपको अभाव हुन नदिने भन्दै खोप लगाउन आह्वान गरिएकोछ ।

सरकारले पूर्वतयारी तीव्र पारेको बताए पनि संक्रमण तीव्ररुपमा फैलिए अस्पतालले धान्न सक्छन कि सक्दैनन् भन्न सकिन्न । त्यसैले कोरोना महामारीबाट जोगिन नागरिक आफैंपनि सचेत बन्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *